ग्राहकलाई थाहै नदिई दैनिक ब्यालेन्स काट्दै एनसेल
बैशाख २९ गते, सोमबार सामाजिक संजालहरु मा Ncell ले आफ्नो ग्राहकलाई थाहा नदिईकन balance काटेको पोस्टहरु निकै भाइरल भैरहेको छ |
एनसेलले ह्वावे गेम कन्टेन्ट र विजनेश ह्याण्डलिङ शूल्कको नाममा दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काटिरहेको छ |
बिभिन्न बहानामा ग्राहकसंग सहमति बिनै एनसेलले ब्यालेन्स काट्दै आएको ग्राहकहरुको गुनासो छ | सन् २०१९ जुलाईमा पनि एनसेलले यस्तै सर्भिसको नाममा पैसा काटिएको घटना सार्वजनिक भएको थियो ।
आज सोमबार बिहानै फेरी एक जना एनसेल प्रयोगकर्ताले ह्वावे गेम कन्टेन्टको नाममा आफ्नो ११ रुपैयाँ ४९ पैसा दैनिक रुपमा काटिरहेको स्क्रिनसट सार्वजनिक गरे संगै फेरी यो घटना सतहमा आएको छ ।
उक्त प्रयोगकर्ताले सार्वजनिक गरेको स्क्रिनसटमा एनसेलले ह्वावे गेम्स कन्टेन्टको नाममा आइतबार बेलुका ८ बेजेर ५७ मिनेट जाँदा एक पटक ११ रुपैयाँ ४९ पैसा र राती १ बजेर ३७ मिनेटमा दोस्रो पटक गरि २२ रुपैयाँ ९८ पैसा काटेको छ |
उनले फेसबुकमा स्क्रिनसट सहितको पोस्ट गेरेसँगै, अरु प्रयोगकर्ताले समेत आफ्नो मोबाइलबाट त्यसरी नै दैनिक पैसा काटिरहेको स्क्रिनसटहरु राखिरहेका छन् ।
एनसेलका अनुसार विज्ञापनमा क्लिक गर्दा त्यसका लागि सोधिएको हुन्छ र प्रयोगकर्ताले भनेपछि मात्रै एक्टिभ हुने गर्छ भनेको छ| तर प्रयोगकर्ता भन्छन् “आफुले कहिलै पनि त्यस किसिमका सर्भिसका लागि कुनै अनुरोध समेत पठाएको छैन” |