दाङको दुई नाका कालाकाटे र अमिलियामा ‘हेल्थडेस्क’ स्थापना
तुलसीपुर, २४ वैशाख ।
दाङको दुई नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । बाँके र रुपन्देहीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण देखा परेसंगै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कालाकाटे र अमिलियाको नाकामा हेल्थ डेस्क स्थापना गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
स्वास्थ्यकर्मी समेट खटाएर चेकजाच गर्न थालिएको उनले बताए । नाकाहरुमा अतिआबश्यक सवारी साधनहरुका चालक तथा यात्रुहरुको स्वास्थ्य जाँच गरेर मात्रै प्रवेश गर्न दिईनेछ । साथै सुर्खेतबाट प्रवेश गर्ने हंसपुर नाकामा पनि स्थापना गर्ने तयारी रहेको उनले बताए । अतिआबश्यक बाहेक अन्य सवारी चलाउनेलाई कानुन बमोजिम कडा कारवाही गरिने समेत उनले बताए ।
अहिले नाका क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुलाई खान बस्न भने निकै समस्या हुने गरेको रिजालले बताए । जिल्लामा लकडाउन पालना गर्ने कार्यमा पनि कडाई गरिएको उनको भनाई छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि आन्तरिक नाकालाई कडाई पारेको छ । अमिलियाबाट भित्रिने हरेक सवारी सधानमा सवार यात्रु तथा सवारी चालकको जाँच अनिवार्य गरेको छ ।
साथै उपमहानगरपालिकाले बुधबार मात्रै घोराहीबाट भित्रिने मज्गै नाकामा हेल्थ डेस्क स्थापना गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य पबद्र्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।