चट्याङको कारणले घर आगलागी
सबिता रोका ,
बैशाख २३ दाङ ।
घोराही उप महानगरपालिका वडा नं. ११ पलासपुरमा चट्याङका कारण एक घर आगलागी भएको छ । आज विहान भिषण बर्षा सहित आएको चट्याङले पानी परिरहेको बेला घोराही उप महानगरपालिका वडा नं. ११ पलासपुरमा बस्ने दोर्ण घर्तीको घरमा चट्याङका कारणले आगलागी हँुदा घर पुर्ण रुपले नष्ट भएको छ, र घर भित्रका भाडाकुडा, लत्ताकपडा, अन्नपात र केही नगत पनि जलेर नष्ट भएको हो । घोराही उप महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुल बहादुर लामिछाने सहित वडा सदस्य ज्ञानबहादुर बस्नेत, चित्र डांगी र मेलमिलाप टोलका अध्यक्ष बिनोद विश्वकर्माले उक्त आगलागी घर अबलोकन गरी पिडित परीवारलाई क्षतीको मुल्याङ्कन गरी राहत दिने निर्णय गरेको मेलमिलाप टोलकी सचिव लक्ष्मी गन्र्धबले जानकारी दिएकी हुन । पिडित घर्तीको ६ जनाको परिवार रहेको छ ।