दाङका १० जनाको कोरोना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’
तुलसीपुर, २२ वैशाख ।
दाङका १० जनाको कोरोना भाइरस(कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना बिशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका १० जनाको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले बताए ।