जहाँ अहिलेसम्म एकजना पनि क्वारेन्टाईन र आईसोलेसनमा भर्ना भएनन्

दीपक बोहरा

तुलसीपुर, १९ वैशाख ।

दाङको दंगीशरण गाउँपालिकाबाट अहिलेसम्म आइसोलेसन र क्वारेन्टाइनमा एक जना पनि भर्ना भएका छैनन् । मुुलुक कोरोना भाइरस (कोभिड–१९) प्रभाबित भएको अबस्थामा गाउँपालिकाले पनि १० वेडको क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याएको छ । तर, अहिलेसम्म उक्त क्वारेन्टाइनमा एकजनालाई पनि भर्ना नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताए । “हाम्रोमा अहिलेसम्म एकजना पनि राखिएको छैन”, उनले भने“ विदेशबाट आएकाहरुलाई तथा शंकास्पदहरुलाई क्वारेन्टाईनमा राख्ने हो, तर हाम्रो गाउँपालिकामा यो अवधीमा कोही पनि विदेशबाट आउनुभएको छैन् ।”

अहिले गाउँपालिकाबाट आईसोलेनमा पनि एकजना पनि भर्ना नभएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । “दंगीशरण अहिलेसम्म सून्य छ” उनले भने“एकजना पनि आईसोलेसन र क्वारेन्टाईनमा भर्ना भएका छैनन् ।” गाउँपालिकाले आइसोलेसन र क्वारेन्टाइनमा भर्ना नभएपनि सचेतना अभियान भने जारी रोखेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ ।

अहिले जिल्लाभरका अन्य ९ वटा स्थनीय तहबाट तीन सय बढि क्वारेन्टाइनमा भर्ना भएका छन् ।

त्यस्तै दाङमा कोरोना भाइरस (कोभिड–१९)को आशंकामा अहिलेसम्म ८९ स्वाब परीक्षण गरिएको छ । शुक्रबारसम्म बेलझुण्डी कोरोना बिशेष अस्पतालका ६५ र राप्ती स्वास्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ जनाको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ का फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार ति सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिले बेलझुण्डीका ७ जनाको स्वाब परीक्षणकालागि नेपालगञ्ज पठाएको उनले बताए । त्यस्तै प्रतिष्ठानको आइसोलेसनमा रहेको सबैको डिस्चार्ज भइसकेको छ । अहिले प्रतिष्ठानमा शून्य छ । दाङमा शुक्रबारसम्म एकसय १६ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा तुलसीपुरमा ४२ जना, शान्तिनगरका ४, बबईका १७, घोराहीमा ५, बंगलाचुलीमा ९, लमहीमा १२, राप्तीमा १३, राजपुरमा ६ र गढवामा ९ जना रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर