कोरोना परीक्षण ः दाङवाट स्वाब बाहिर पठाउने बाध्यता टरेन

दीपक बोहरा,

तुलसीपुर, १८ वैशाख ।

दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना भाइरस(कोभिड–१९)को स्वाब परीक्षणकालागि जडान गरिएको पीसीआर मेसिन सञ्चालनमा आइसकेको छ । केही स्वाब परीक्षण पनि भए । तर अहिले स्वाब परीक्षण कार्य रोकिएको छ । यस अघि काठमाडौं, भैरहवा, नेपालगञ्ज पठाउनुपर्ने बाध्यता अझै टरेको छैन् ।

अहिले पनि जिल्लामा संकलन भएको स्वाब परीक्षणकालागि नेपालगञ्ज पठाउनुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।“अहिले हामीहरुले स्वाब संकलन गरेर परीक्षणकालागि नेपालगञ्ज पठाउने गरेका छौं”, उनले भने “ दाङमा अझै प्रभाबकारी रुपमा परीक्षण कार्य भइरहेको छैन् ।”

स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाउँदा रिपोर्ट आउन ढिला भएको भन्दै नेपालगञ्ज पठाउने गरिएको उनले प्रतिक्रिया दिए । यस अघि प्रतिष्ठानमा स्वाब पठाउँदा दुईदिन पछि मात्रै रिपोर्ट आएको भन्दै नेपालगञ्ज पठाएमा छिटो रिपोर्ट आउने उनले बताए ।“ यस अघि हामीले चारवटा स्वाब परीक्षणकालागि प्रतिष्ठानमा पठाएका थियौं”, उनले भने“ तर ति स्वाबहरुको रिपोर्ट आउन ढिला भएपछि पुनः फिर्ता गरेर नेपालगञ्ज पठाएका हौं ।”

लामोसमयसम्म रिपोर्ट नआउँदा ‘आइस’मा राखेको स्वाब बिग्रिने भन्दै त्यसको परीक्षणकालागि नेपालगञ्ज पठाउने गरिएको चन्दको भनाई छ । विहीबार मात्रै परीक्षणकालागि बेलझुण्डीबाट सातवटा स्वाब नेपालगञ्ज पठाईएको उनको भनाई छ । चन्दका अनुसार नेपालगञ्जबाट एक दिनमै रिपोर्ट आइपुग्छ । प्रतिष्ठानमा भाइरल ट्रान्सपोर्ट मिडिया(भीटीएम) सकिएकाले समस्या भएको उपकुलपति डा. संगीता भण्डारीले बताईन् ।“प्रतिष्ठानमा भिटिएम सकिएको छ” उनले भनिन् “ त्यसले गर्दा परीक्षणमा कठीनाई भएको हो ।” अस अघि २० वटा मात्रै भिटिएम आएको र त्यो सकिएको उनको भनाई छ । आफुहरुले प्रदेश र केन्द्रीय सरकारमा माग गरेको भएपछि अझै आइनपुगेको डा. भण्डारीले बताईन् ।१५ सयको हाराहारीमा भिटिएम मगाएको उनको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर