शान्तिनगरका ३० जनाको आरडीटी टेष्ट

निराश पान्डे

शान्तिनगर, १८ वैशाख ।

दाङका शान्तिनगर गाउँपालिकाका ३० जनाको आरडीटी टेष्ट गरिएको छ । शान्तिनगर गाउँपालिकाले वडा नम्बर ३ को बीपी मावि बयाले सिंमतारामा संञ्चालनमा ल्याएको क्वारेन्टाइनमा अहिलेसम्म ३० जनाको आरडीटी परिक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए ।

पालिकाले गत चैत १७ गतेदेखि उक्त बिद्यालयमा २० सैयाको क्वारेन्टाइन संचालनमा ल्याएको थियो ।

अहिले क्वारेन्टाइनमा वडा नंं १ का तीन जना र वडा नं. ३ का एक गरि ४ जना मात्र रहेको र उनीहरुको आरडीटी परीक्षण पश्चात घर पठाइने गाउँपालिकाले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर