प्रदेश ५ मा कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

बुटवल, १७ वैशाख ।

प्रदेश ५ मन्त्रिपरिषदको बैठकले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको वैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको उक्त कार्यविधि स्वीकृत गरेको हो ।

वैठकले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । वैठकले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं पूर्वाधार निर्माण गर्न स्वीकृत प्रदान गरेको केसीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर