प्रतिष्ठानको साझा पसल सञ्चालनमा ल्याउन मन्त्रालयको निर्देशन
तुलसीपुर, १६ वैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बन्द रहेको साझा पसल सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । मंगलबार भूमि व्यबस्था, सहकारी तथा गरीबि निवारण मन्त्रालयलाई बोधार्थ लेख्दै स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई साझा पसल सञ्चालनमा ल्याउन निर्देशन गरेको हो ।
मुलुक कोरोना भाइरससंग लडिरहेको अबस्थामा औषधी पसल बन्द भएपछि पुनः भएको सहमति अनुसार हुने गरि औषधी पसल सञ्चालन गर्न निर्देशन गरेको हो ।