किसानको तरकारी व्यबस्थापनमा चासो

सुशील बस्नेत

दाङ,१० बैशाख

कोभिड – १९ ले जनजीवनमा पारेको असरका बारेमा स्थानीय तह र उद्योग बाणिज्य संघको भूमिकाका बारेमा भिडियो कन्फ्रेरन्स मार्फत बुधबार दाङमा संबाद गरिएको छ । संबाद समूहको आयोजनमा तुलसीपुर उपममहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे,घोराही उपमहागनरपालिकाका प्रमुख नरुलाल चौधरी, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र ब्यबसायीक तरकारी उत्पादक किसान बामदेब चौधरी बीच संबाद गरिएको हो ।

संबादमा सहभागि देउखुरी सिसहनियाका किसान बामदेव चौधरीले किसानले उत्पादन गरेको ताजा तरकारीको बजारिकरण नहुँदा खेर गईरहेको जानकारी दिए । स्थानीय तहबीच समन्वय हुन नसक्दा किसानहरुले उत्पादन गरेको ताजा तरकारी सडेर गईरहेको गुनासो गरे । करेसाबारीमा उत्पादन गरेका साना किसान र ब्यबसायीक खेति गर्ने किसानको तरकारी संकलन गरि बिक्रि गर्ने ब्यबस्था मिलाईदिनुपर्ने बताए । मल बिउ आवश्यक पर्ने समय आईपुगेकाले सर्बसुलभ तरिकाले उपलब्ध हुने हो वा होईन चिन्ताले सताईरहेको चौधरीले बताए ।

जिल्लामा कुल खेती योग्य जमीन ६९ हजार ९ सय ५० मध्ये धान ३७ हजार ७ सय १० हेक्टरमा र तरकारी कुल क्षेत्रफल ६ हजार ७७ हेक्टरमा हुन्छ । हिँउदे तरकारी ३७ हाजर १ सय २० मेट्रिक टन र बर्षे तरकारी २७ हजार १ सय ४५ मेट्रिक टन गरि कुल ७९ हजार २ सय ८७ मेट्रिक टन उत्पादन हुने कृषी ज्ञान केन्द्र दाङले जनाएको छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तरकारीलाई संकलन गरि राख्न कोल्ड स्टोर संचालनको लागि पहल गर्ने बताए । तुलसीपुरमा जम्मा ५० मेट्रिक टन स्टोर गर्ने सीत भण्डार रहेकोमा अव बढाउनुपर्ने बताए । दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले स्थानीय सरकारका स्वामीत्वमा रहेका कोठा र सर्टरको भाडा लकडाउनको अवधिभर छुट हुनुपर्ने माग गरे ।

जवाफमा नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले एक महिनाका लागि भाडा छुट दिने निर्णय गर्ने प्रबिद्धता जनाए । उपमहानगरपालिकाले कार्यविधी बनाई कुन–कुन क्षेत्रमा छुट दिने बारेमा निर्णय गर्ने उनको भनाई छ । किसानहरुले खेतिका लागि प्रयोग गर्ने डिपबोरिङको बिद्युत महसुलमा ५० प्रतिसत छुट दिने पनि बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले स्थानीय तह बिचको समन्वयका अभावका कारण गन्तब्यमा पुग्न हिड्का यात्रुले सास्ती भोग्नुपरेको बताए । यसका लागि घोराही,तुलसीपुर र मही बिच समन्वय हुनुपर्नेमा जोड दिए ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले किसानले उत्पादन गरेको बस्तु बिक्रिका लागि कसैले पनि नरोक्ने बरु सामाजीक दुरी कायम गर्नुपर्ने बताए । उनले अन्य पालिकामा बस्तु आपूर्तीका लागि समन्वय गरि ब्यबस्था मिलाईने बताए । उनले बिभिन्न जिल्लाबाट घोराही प्रबेश गरेका यात्रुलाई ब्यबस्थापन गर्न चुनौति बढदै गएको बताए । लमहीले चौपट्टामा यात्रुलाई छोडिदिने, घोराहीले कुईरेपानिबाट तुलसीपुरमा ल्याएर छोडिदिने गरिएको छ । संबादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर