दाङमा एचआइभि संक्रमितलाई राहत प्रदान

तुलसीपुर, ९ वैशाख ।

दाङ घोराही उपमहानगरपालिका भित्रका २० जना एचआइभि संक्रमितलाई राहत प्रदान गरिएको छ । लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका एचआइभि संक्रमित परिवारहरुको पहिचान गरि दाङ प्लस र इन्सार्कको सहकार्यमा राहत प्रदान गरिएको हो ।

दाङ प्लसका कार्यक्रम अधिकृत गोपाल नेपालीका अनुसार स्थानीय तहसंग सहकार्य गरेर दैनिकी चलाउन समस्या हुने गरेका संक्रमित वालवालिका तथा एकल महिलाहरुलाई २५÷२५ किलोको एक कठ्ठा चामल वितरण गरिएको हो ।

पहिलो चरणमा घोराही उपमहानगरपालिकामा राहत वितरण गरेको भएपनि दशवटै स्थानीय तहका संक्रमितहरुलाई राहत वितरण गर्ने तयारी थालेको उनले बताए । अहिले जिल्लामा चारसय बढि एचआइभि संक्रमित रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर