कोभिड–१९ दाङ अपडेट : आइसोलेसनमा १३, क्वारेन्टाइनमा ७४
तुलसीपुर, ८ वैशाख ।
दाङमा १३ जना आइसोलेसनमा रहेका छन् । कोरोना भाईरस (कोभिड–१९) को आशंकामा सोमबारसम्म १३ जना आइसोलेसनमा छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ६ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ जना रहेका छन् । ति मध्ये बेलझुण्डीका ४ जना र प्रतिष्ठानका ५ जनाको स्वाब संकलन गरि परीक्षणकालागि भैरहवा पठाईएको छ ।
यस्तै सोमबार जिल्लामा १२ जनाको ¥यापिड टेष्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । तुलसीपुरका ६ जना र गढवाका ६ जनाको ¥यापिड टेष्ट गरिएको हो । अहिले जिम्लामा ७४ जना क्वारेन्टाइनमा रहेका छन् । तुलसीपुरमा २६, शान्तिनगरमा ११, घोराहीमा ४, लमहीमा ६, राप्तीमा २, राजपुरमा ११, गढवामा ८ जना, बंगलाचुलीमा ६ जना रहेका छन् ।