दाङमा फार्मेसी संघले घरमै औषधी पु¥याउने

तुलसीपुुर, ७ वैशाख ।

नेपाल फार्मेसी संघ दाङ शाखाले अतिआबश्यक औषधी घरमै पु¥याउने भएको छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नं. १५ मा घरमै औषधी पु¥याउने संघका अध्यक्ष सुलभ अधिकारीले बताए । आगामी दिनमा स्थानीय सरकारसंग समन्वय गरेर जिल्लाका जुनसुकै ठाउँमा पनि घरमै औषधी पु¥याउन सकिने अध्यक्ष अधिकारीको भनाई छ ।

नियमित औषधी खानुपर्ने भएपनि लकडाउनले औषधी लैजान कठीन भएको कुरालाई मध्येनजर गरि यस्तो सेवा प्रदान गर्न थालिएको उनले बताए । दाङ च्याम्बर अफ कमर्स संग समन्वय गरि ‘एक कल, समस्या हल’ मार्फत उक्त सेवा प्रदान गर्न थालिएको हो । सरकारले कोरोना भाइरस(कोभिड–१९ ) फैलिन नदिन तथा रोकथामकालागि गरेको लकडाउनको समयमा समस्या परेकाहरुलाई यसले सहज बनाउने उनको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर