मुक्तिनाथ बैंकद्वारा खाद्य बैकमा सहयोग

तुलसीपुर, ८ वैशाख ।

दाङको तुलसीपुर स्थित मुक्तिनाथ विकास बैंकले उपमहानगरपालिकाको खाद्य बैंकमा सहयोग गरेको छ । बैंकको शाखा कार्यालय तुलसीपुुरले सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उपमहानगरपालिकालाई ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको शाखा प्रमुख सरोज लामिछानेले बताए ।

उनका अनुसार ८ सय ५० केजी जिरा मसिनो चामल उपमहानगरपाकालिका प्रमुख घनश्याम पाण्डेलाई सहयोग हस्तान्तरण गरिएको हो । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणकालागि लकडाउन गरको भन्दै यस्तो बेला गरीब तथा विपन्न बर्गलाई समस्या हुने भन्दै सहयोग गरिएको उनको भनाई छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर