कोभिड–१९ ः सामाजवादी दाङद्वारा महाबिपत्ति समिति गठन

तुलसीपुर, २७ चैत ।

समाजवादी पार्टी दाङले कोभिड–१९ महाबिपत्ति समन्वय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य हरि प्रसाद रिजालको संयोजकत्वमा भिडियो कलबाट बसेको बैठकले सरकारले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथामकालागि लकडाउन गरेको यस्तो अबस्थामा पर्न सक्ने हरेक समस्या समाधानकालागि समिति गठन गरेको हो ।

केन्द्रीय सदस्य रिजालका अनुसार राप्ती गाउँपालिकामा होम प्रकाश शर्मा, लमही नगरपालिकामा भरतलाल न्यौपाने, घोराही उपमहानगरपालिकामा गणेश पाण्डे र प्रकाश विष्ट , तुलसीपुर उपमहानगरपालिकामा टोपबहादुर महतारा र मोहनसिंह वली, बबई गाउँपालिकामा डिल्लीबहादुर डाँगी र गढवामा जगतराम यादवलाई तोकिएको छ ।

उनीहरुले यो समयमा भैपरि आउने हरेक समस्या समाधानकालागि पहल थाल्ने छन् । यस्तै बैठकले लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका परिवारको पहिचान गरि राहत वितरणमा समेत पहल खेल्ने बताइएको छ ।

विश्वमै फैलिएको महामारीका बिषयमा पार्टीको ध्यानाकर्षण भएको भन्दै यस्तो बेला सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्नुका साथै आफ्नो स्वास्थ्यमा ध्यान दिन समेत बैठक पछि जारी बिज्ञप्तिमा भनिएको छ । साथै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफु भएकै स्थानबाट सहयोगमा जुट्न समेत बैठकले निर्देशन दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर