कोभिड – १९ ः दाङमा ११ जना आइसोलेसनमा, क्वारेन्टाईनमा दुईजना थपिए

तुलसीपुर, २४ चैत ।

दाङमा सोमबार रातिसम्म कोरोना भाईरस(कोभिड–१९) को लक्षण देखिएका ११ जना आइसोलेसनमा रहेका छन् । सातजना आईतबार राति आएका हुन् । उनीहरु गौरफन्डा नाकाबाट आएका दाङ निवासी रहेका छन् । उक्त नाकाबाट आएका कैलालीका एक युवकमाथि कोरोना संक्रमण भेटिएपछि उनीहरुको खोजी गरि आइसोलेसनमा राखिएको हो ।

सोही नाकाबाट आएका अन्य तीन जनाको खोजी कार्य भईरहेको दाङ प्रहरीले बताएको छ । साथै सोमबार मात्रै प्यूठानबाट ल्याएर अन्य चारजनालाई आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

दाङका ७ र प्यूठानका ४ गरि ११ जनाको केही दिनमा स्वाब संकलन गरि परीक्षणकालागि बुटवल पठाउने तयारी गरिएको छ ।

दाङमा दाङमा क्वारेन्टाईनमा सोमबार दुईजना थपिएका छन् । फोकल पर्सन चन्दका अनुसार दाङको बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा दुईजना थपिएका हुन् । यो संगै जिल्लामा २४ जना क्वारेन्टाइनमा रहेका छन् । तुलसीपुरमा १३ जना, गढवामा ४ जना,घोराहीमा ३ जना र बबईमा २ जना रहेका छन् । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिए डिस्चार्ज गरिन्छ, भने लक्षण देखिए स्वाब परीक्षण गर्ने गरिन्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर