शिखर कोलोनी टोलमा किटनाशक औषधी

तुलसीपुर, २४ चैत ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित शिखर कोलोनी टोलमा किटनाशक औषधी छरिएको छ । तुलसीपुर उपमहानगरपालिकासंग समन्वय गरेर सोमबार किटनासक औषधी छरिएको टोलका प्रबक्ता सन्दीप भुषालले बताए । उनका अनुसार मुलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)लाई संक्रमण रोक्नकालागि यस्तो कार्य गरिएको हो । टोलका अध्यक्ष अर्जुन भण्डारी, सचिब डिल्ली कंडेलको सक्रियतामा उक्त कार्य गरिएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर