तुलसीपुरका ७ वटा वडामा पुग्यो राहत
तुलसीपुर, २२ चैत ।
सरकारले गरेको लकडाउनको समयमा दैनिकी चलाउन सहज होस्, भनी दाङको तुलसीपुर उपमहानगरपालिकाले राहत वितरण गरिरहेको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९)लाई दृष्टिगत गर्दै सरकारले गरेको लकडाउनको समयमा गरीब, असहाय, पिछडिएको बर्ग, श्रमिकलगायतलाई सहज होस, भनी राहत वितरण सुरु गरिएको उपप्रमुख माया अचार्यले बताईन् ।
उनका अनुसार शुक्रबार र शनिवार गरि ७ वटा वडामा राहत पु¥याईसकिएको छ । ‘हामीले अहिलेसम्म ७ वटा वडामा राहत पठाइसकेका छौं,’ उनले भनिन‘ ति मध्ये केहीमा बाड्न बाँकी र भने केही वडामा बाँडिसकेका छौं ।’
अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १, २, ३ , १०, १३, १६ र १८ नम्बर वडामा राहत पु¥याईसकिएको छ । ३ र १८ बाहेक अन्यमा बाँडेसकेको भएपनि यी दुईवडामा पनि बाँड्ने तयारी थालिएको उपमहानगरपालिकाका विपत ब्यबस्थापन शाखा संयोजक नवराज लामिछानेले बताए । उनका अनुसार वडा नं. ५ र ६ का केही टोलमा पनि बाँडिएको छ ।
साथै वडा, टोल विकास संस्थासंगको समन्वयमा अतिविपन्न तथा गरीब समुदायलाई राहत वितरण गर्ने कार्य भईरहेको तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली‘माइकल’ले बताए । प्रत्येक परिवारलाई ३० किलो चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल, २ वटा साबुन वितरण गरिएको उनको भनाई छ । उनका अनुसार शनिबार तुलसीपुरको १३ र १६ मा राहत वितरण गरिएको हो । १३ का दुईसय ३८ र १६ का ५६ जनालाई वितरण गरिएको हो ।
उपप्रमुख माया आचार्यको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो । जसमा प्रबक्ता सूर्यबहादुर डाँगी, विपद व्यबस्थापन समतिका संयोजक लामिछाने, कार्यपालिका सदस्य माईकल, प्रशासन प्रमुख अनन्त गौतम, विपद ब्यबस्थापन शाखा प्रमुख भीमप्रकास खत्रीलगायतको सहभागिता रहेको थियो ।