पानीका लागि ५७ करोडको डिपिआर तयार :घोराहीमा
घोराही, १७ फागुन
घोराही क्षेत्रमा चौंविसै घण्टा पिउने पानीको सहज आपूर्तीका लागि योजना बनेको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसरफाई संस्थाले यसका लागि सहलगानीको आयोजनालाई अगाडी बढाएको हो ।
आयोजना सम्पन्न भएपछि आउँदो २३ वर्षसम्म यस क्षेत्रमा चौंविसै घण्टा पिउने पानीको व्यवस्था हुनेछ । घोराही सहलगानी खानेपानी तथा सरसफाई आयोजना नाम दिइएको उक्त योजनाको कूल लागत ५७ करोड बढि छ ।
जसमा ७० प्रतिशत सरकारको र ३० प्रतिशत उपभोक्ताको लगानी हुनेछ । यसका लागि डिजाईन स्टिमेट समेत बनिसकेको संस्थाले जनाएको छ । आयोजनाको कुललागत ५७ करोड उनासी लाख बयान्नबे हजार सातसय छयासी रुपैयाँ पहिलो चरण अन्तगर्त डिजाईन स्टिमेट तयार गरिएको छ ।
आयोजनाको विषयमा आज घोराहीमा आयोजित सर्बपक्षिय छलफलमा बोल्दै इन्जिनियर निरज ढकालले अन्तिम डिजाईनस्टिमेट अबको केही समयमा नै सकिने र त्यसपछि टेण्डरप्रक्रियामा आयोजना अगाडी बढ्ने जानकारीदिनुभयो ।
सहलगानी आयोजना अन्तगर्त बबै नदी र कटुवा खोलाबाट घोराही क्षेत्रमा पानी ल्याएर उपभोक्ताको घरघरमा पु¥याइनेछ । प्रति व्यक्ति एकसय लिटरको आधारमा पानी बितरण हुने र आउँदो दुईदशक बढि घोराही क्षेत्रमा पिउने पानी पुग्नेछ ।।