दंगीशरणमा ‘थारु कल्चरल भिलेज’ निर्माण
तुलसीपुर, ११ फागुन ।
दाङको दंगीशरण गाउँपालिकाको रानी बनमा थारु कल्चरल भिलेज निर्माण कार्य शुरु भएको छ । उक्त निर्माण कार्यको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिलन्यास गरेका हुन् ।
प्रदेश नं. ५ सरकारको २ कारोड लगानीमा निर्माण हुन लागेको उक्त भिलेजको सिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले दंगीशरण थारु समुदायको ऐतिहाँसिक ठाउँ भएकाले पर्यटकीय हिसाबले आकर्षित गर्न सकिने बताए । ‘सुकौरा थारुहरुका राजा दंगीशरणले राज गरेको ऐतिहाँसिक ठाउँ हो, यहाँ पर्यटनको क्षेत्रमा विकास गर्न सकिन्छ ’ उनले भने भन्नभयो‘ यसले थारु समुदायको मात्रै होईन्, यस क्षेत्रका सबै समुदायको जीवनस्तर सुधार गर्न मद्दत पुग्छ ।’
त्यसकालागि थारु कल्चरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । सरकारी स्तरबाट मात्रै नभई समुदायले पनि तदारुकता देखाउनुपर्ने समेत उनले बताए । ‘सबै काम सरकारले गरिदिन्छ, भन्ने भावना हुन्छ’ उनले भने‘ विकास निर्माणका सन्दर्भमा जनताले पनि तदारुकता देखाउनुपर्छ ।’ साथै उहाँले पर्यटनको विकासकालागि होमस्टेको अवधारणा अघि बढाउनुपर्ने बताए ।