विजौरी उवासंघको अध्यक्षमा योगी

तुलसीपुर, ९ फागुन ।

विजौरी उद्योग बाणिज्य संघको अध्यक्षमा प्रेमनाथ योगी निर्वाचित भएका छन् । शुक्रबार विहान घोषणा भएको मतपरिणाम अनुसार एकसय ७७ मत प्राप्त गरि योगी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लेखनाथ खत्रीले १ सय ३० र प्रजातान्त्रिक प्यानका अध्यक्ष पदका उम्मेदवार विरेन्द्र खड्काले १ सय २२ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट बाम्पन्थी प्यानलले अध्यक्ष योगीसहित सचिब र दुई सदस्य मात्रै पाएको छ । अन्य सवै पदमा कांग्रेस निकट संयुक्त प्रजातान्त्रिक प्यानलले बिजयी हाँसिल गरेको छ ।

साथै बाणिज्य उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका दुर्गा बस्नेतले दुईसय ४५ मत ल्याएर बिजयी भएका छन्, भने प्रतिस्पर्धी बामपन्थी प्यानलका पुर्णबहादुर डाँगीले१ सय ५१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उद्योग उपाध्यक्षमा पनि प्रजातान्त्रिक प्यानलकै बालकृष्ण रेग्मीले दुईुसय ४० मत ल्याएर बिजायी हाँसिल गरेका छन् । भने उनका प्रतिस्पर्धी बामपन्थी प्यानलका रामबहादुर डाँगीले १ सय ७१ मत मात्रै प्राप्त गरेका छन् ।

संघको महासचिव पदमा पनि प्रजातान्त्रिक प्यानलकै विदुर गौतमले दुईसय १९ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी दुर्गाबहादुर विकले १ सय ९४ मत प्राप्त गरेका छन् ।

संघको कोषाध्यक्षमापनि प्रजातान्त्रिक प्यानलका चित्रबहादुर खड्का २ सय ३९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी बामपन्थी प्यानलका च्यवन उपाध्यायले १ सय ६७ मत मात्रै प्राप्त गरेका छन् ।

संघको सचिवमा बामपन्थी प्यानलका यज्ञबहादुर पुन २ सय १६ मतका साथ विजयी भएका छन्, भने प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका दिपककुमार बस्नेतले १ सय ९३ मत प्राप्त गरेका छन् ।

मत परिनाम अनुसार संघको महिला सदस्यमा प्रजातान्त्रिक प्यानलका ईवाकुमारी लामिछानेले २ सय १९ मत प्राप्त गरि विजयी भएकी छन् । अन्य सदस्यहरुमा प्रजातान्त्रिक प्यानलका शिवराज खत्री,रेश्मिराज खड्का,डिल्लीबहादुर खत्री र कर्ण बहादुर वली विजयी भएका छन् ।

त्यस्तै उद्योग सदस्यमा बामपन्थी प्यानलका खिमबहादुर विक २ सय १५ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै बाम्पन्थी प्यानलका गोविन्दबहादुर रोका र प्रेमबहादुर विक सदस्यमा चिर्वाचित भएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर