सेवा थप्दै तुलसी हस्पिटलले
तुलसीपुर, ८ फागुन ।
नबजात शिशुकालागि दाङमा उपचार थिएन् । दाङवाट उपचारकालागि नेपालगंज, बुटवललगायतका शहरमा जानुपथ्र्यो । यसले दाङवासीलाई मात्रै साविक राप्तीका पहाडी जिल्लाका विरामीहरुलाई शास्ती थियो । यसैलाई मध्यनजर गरि २०७१ सालमा तुलसीपुरमा तुलसी अस्पताल सञ्चालनमा ल्याईयो ।
त्यसपछि भने वाल त्यो समस्या हट्दै गएको तुलसी अस्पतालका सञ्चालक तथा वाल रोग बिशेषज्ञ डा. किशोर खत्रीले बताए । ‘ नवजात शिशुकालागि दाङमा वाल रोग विशेषज्ञ सहितको सेवा थिएन्, त्यसले गर्दा धेरै शिशुहरुको अकालमै मृत्यु हुने गथ्र्यो’ उनले भने‘ तर हामीले सेवा शुरु गरेपछि त्यो अबस्था अन्त्य भएको छ, साबिक राप्ती अञ्चलसहित विभिन्न जिल्लाका वालवालिकाहरुलाई हामीले सहज सेवा दिन सफल भएका छौं ।’ त्यतिबेला आफुहरुले राप्तीमै पहिलो पटक एनआईसियु सेवा सञ्चालनमा ल्याएको उनले बताए । अहिले साविक राप्तीका ९० प्रतिशत बच्चाको तुलसीमै उपचार भईरहेको उनको दावी छ । ‘ कुनै समय तुलसीपुरबाटै काठमाडौं, नेपालगंज लैजाने गरिन्थ्यो’ उनले भने ‘ तर अहिले त्यो समस्या छैन् ।’
वाल रोगको उपचारले स्थापीत तुलसी हस्पिटलले अब भने अन्य सेवा पनि प्रदान गर्न थालेको छ । डा. खत्रीका अब सुत्केरी सेवा, जनरल मेडिसिन, गर्भ जाँच, पाठेघर तथा महिलामा सेतोपानी बग्ने, बेहोस बनाएर उपचार गर्नेलगायतका सेवाहरु शुरु भएको डा. खत्रीले बताए । त्यसकालागि बिशेषज्ञ डाक्टरहरु समेत उपलब्ध भएको बताए ।
एकसय बेड बनाउने तयारी
तुलसी हस्पिटल अहिले भाडाको भवनमा सञ्चालन हुँदै आएको छ । तर अबको केही समयमा आफ्नै भवनबाट सेवा दिने तयारी थालिएको डा. खत्रीेले बताए ।‘ अहिले हामीले भाडाको भवनबाट सेवा दिदै आएका थियौं’ उनले भने‘ तर अब हामीले आफ्नै भवनबाट सेवा दिने गरि तयारी थालेका छौं ।’ त्यसकालागि बेलुवामा नयाँ हस्पिटल भवनको प्रक्रिया अघि बढेको उनको भनाई छ । उनका अनुसार त्यहाँ एकसय बेडको अस्पताल हुनेछ । उनले दाङका बिरामीलाई वाहिरी जिल्ला जानुपर्ने अबस्थाको अन्त्य गर्ने गरि सेवा दिने तयारी थालिएको बताए । अहिले अस्पतालले ल्याब, आईसियु, एक्सरे सेवा प्रदान गर्दै आएको समेत उनले बताए । साथै आईसिसयुसहितको एम्बुलेन्सले विरामीलाई सहज बनाएको बताए ।‘ हामीले आईसियु सहितको एम्बुलेन्स सञ्चालनमा ल्यायौं’ उनले भने‘ त्यसले धेरै सेवा दिएको छ, अहिले नेपालगंज, लखनउबाट समेत सेवा प्रदा गर्दै आएका छौं ।’ उनले अब सर्जरी, न्यूरोसर्जनसहितको सेवा दिने गरि तयारी थालिएको समेत बताए ।