गाउँमै परिचय–पत्र पाउँदा अपांगहरु खुुसी

शिबराज पन्थी

गढवा ७ फागुुन । बुुधवार गढवा गाउँपालिका परिसरमा परिचय पत्र बनाउन आएका अपांगता भएका नागरिकहरुको भिडको लर्को थियो । गढवा ७ कोइलाबासका मोहम्मद इसाहक सिद्दिकी बिहानै १० बजे परिचयपत्र वितरणको खबर पाएर गढवा गाउँपालिकाको कार्यालयमा आउनुुभयो । आजसम्म परिचयपत्र नै नबनाएका उहाँले ग बर्गको परिचयपत्र पाएपछि खुुसीहुुदै फर्किनुुभयो । गढवा ७ का कुुँजुुलाल चौधरी पनि परिचय पत्र वितरणको खबर पाएर कार्यालयमा आई डाक्टरसंग चेकजाँच गराउनुुभयो । हिव्लचेयरमा हिड्ने उहाँले देउखुुरी घुुमेर देख्ने सपना साँचेको बताउनुुभयो । त्यस्तै गढवा ४ पर्साका रबिलाल चौधरीले बिगत ५ बर्षदेखि कुुँजी भएकी ६७ बर्षिय बुुढीआमालाई पिठ्युुँमा बोकेर परिचयपत्र बनाउन गाउँपालिकामा आउनुुभयो । त्यसैगरि गढवा ४ अजगढवाकी तारा नेपालीले आफ्नी ६बर्षिय छोरी कल्पना नेपालीलाई पिठ्युुँमा बोकेर गाउँपालिकामा ल्याउनुुभयो । डाक्टरले चेकजाँच गरेपछि उहाँले क बर्गको रातोकार्ड पाएपछि खुुसीहुुदै घर फर्किनुुभयो । नेपाली काँगे्रसका नेता तथा समाजसेवी नारायण बिसीले पनि गाउँमै परिचयपत्र पाएपछि खुुसीहुुदै फर्किनुुभयो । पहिले पहिले अपांगताको परिचय पत्र पाउँन जिल्लामा धाउनुु पर्दथ्यो,अहिले नेपाल सरकारले स्थानीय सरकार मार्फत वितरण गर्ने निति बनाएको थाहा पाएर उहाँहरु जस्तै धेरैले गाउँमै परिचय–पत्र पाउँदा निकै खुुसी भएर घरमा फर्किएको सेवाग्राहीहरुले बताउनुुभयो ।

गढवा गाउँपालिकाले अपांगता भएकाहरुलाई परिचय–पत्र वितरणको काम बुुधवारदेखि पुुनः सुुरु गरेको महिला तथा वालवालिका शाखाका संयोजक इश्वरा रावतले जानकारी दिनुुभएको छ । गढवा स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नहुुदा ३ महिना सम्म रोकिएको परिचयपत्र वितरणको काम फागुुन ७ देखि सुुरु भएको हो । वडा कार्यालयबाट सिफारिस भै आएका ६५ जनाको मेडिकल अधिकृत रुपेन्द्र पोखे्रलले चेकजाँच गर्नुभएको मध्ये हालसम्म २७ जनालाई परिचयपत्र प्रदान गरिएको र बाँकीलाई समितीको बैठकले टुुंगो लगाएर हरेक महिनाको ७ गते वितरण गर्ने समितिले जनाएको छ ।

गढवा गाउँपालिकामा गतबर्ष राप्ती बहिरा संघले तयार गरेको तथ्यांक अनुुसार अपांगता भएकाहरुको कुुल संख्या ५ सय ४३ रहेको छ । जसमध्ये २ सय १२ महिला र ३ सय ३१ पुुरुषहरु रहेका छन् । जसमा शारिरीक अपांगता २५३ जना,दृष्टिबिहिन ६८ जना,सुुस्त श्रबण ५८,स्वर बोलाईका ५९,मानसिक अपांगता ५२,बौद्धिक अपांगता भएका ५,अर्टिजम २,बहुुअपांगता ३८ जना रहेको गाउँपालिकाको तथ्यांक रहेको छ । पहिले परिचय–पत्र पाएकाहरु १ सय ५५ जना र परिचय पत्र नै नपाएका ३ सय ८८ जना रहेको तथ्यांकमा उल्लेख छ । अहिले नेपाल सरकारले स्थानीय तहबाटै परिचय–पत्र वितरणको नियम ल्याएपछि पुुरानो परिचय–पत्र भएकाहरुले पनि नयाँ बनाउनुुपर्ने प्राबधान रहेको गाउँपालिकाले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर