बिजौरी उद्योग बाणिज्य संघको निर्बाचन फागुन ८ गते हुने
तुलसीपुर, १ फागुन ।
बिजौरी उद्योग बाणिज्य संघको निर्बाचन फागुन ८ गते हुने भएको छ । निर्बाचन समितिले फागुन १० गते तोकेको निर्बाचन दुई िदन अघि सारिएको हो ।
फागुन १० गते तुलसीपुरको बेलझुण्डीमा प्रदेश एक्स्पो आयोजना गरेको भन्दै निर्बाचनको मिति सारिएको हो । जिल्ला समन्वय समिति दाङले आग्रह गरेपछि मिति हेरफेर गरिएको निर्बाचन समितिका सदस्य गिरीराज केसीले जानकारी दिए ।
उम्मेदवार, ब्यबसायी र निर्बाचन समितिको सहमतिमा मिति सारिएको सदस्य केसीले जानकारी दिनुभएको छ । संघको नयाँ नेतृत्वका लागि तीन प्यानल निर्बाचन दौरानमा रहेका छन् ।