दाङमा हात्तीपाईले विरुद्धको औषधी खुवाउन सुरु गरीयाे

तुलसीपुर, २५ माघ ।

दाङमा हात्तीपाईले विरुद्धको औषधी खुवाउन सुरु भएको छ । दाङका दशवटै स्थानीय तहले शनिबारदेखि हात्तीपाईले विरुद्धको औषधी खुवाउन सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । प्रत्येक स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधीहरुले औषधी खाएर औषधी खुवाउने कार्यक्रमको उद्घाटन गरेका हुन् ।

दाङमा दशौ पटक हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको हो । ‘ हामीले नवौ पटक हात्तीपाईले बिरुद्धको औषधी खुवाईसकेका छौं’ उनले भने ‘ तर पनि निवारण हुन सकेन्, त्यसैले पुनः दशौ पटक दाङमा औषधी खुवाउन लागेका हौं ।’

औषधी सेवन सुरु गरेको ६ बर्षमा हात्तीपाईले निवारण हुने भएपनि दाङमा सबैले औषधी सेवन नगर्दा समस्या भएको भन्दै अहिले दशैपटक औषधी खुवाउन सुरु गरिएको उनको भनाई छ । ‘ औषधी खुवाएको ६ बर्षमा हात्तिपाईले निवारण हुन्छ’ उनले भने ‘ तर दाङमा सबैले बर्षेनी औषधी सेवन नगर्दा अहिलेसम्मपनि हात्तीपाईले रोग निवारण गर्न सकिएको छैन् ।’

गएको बर्ष दाङमा ५८ प्रतिशतले मात्रै औषधी खाए पछि अभियानलाई लम्व्याउनु परेको उनको भनाई थियो । शिक्षित व्यक्तिहरुले नै औषधी नखाँदा समस्या रहेको भन्दै यो बर्ष त्यसो नहुँने समेत उनको भनाई छ ।

कुनै व्यक्तिलाई सामान्य समस्या देखिए पछि अन्य कसैले पनि औषधी खान नमान्दा पनि समस्या हुने गरेको उनले बताए । दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्निएका ४ सय २९ र हाइड्रोशिल सँगै खुट्टा सुन्निएका १६ गरि २ हजार ५६ जनामा हात्तिपाईलेको संक्रमण रहेको स्वास्थ्य कार्यालय दाङको तथ्यांकमा छ ।

२५ गते केन्द्रमा, २६, २७, २८, २९ र फागुन १ गते घरदैलोमा र २ गते देखी १४ गतेसम्म स्वास्थ्य संस्थाबाट औषधी खुवाईने छ । उक्त औषधी खाली पेट, २ बर्ष मुनिका बालबालिका, गर्भवती महिला र दिर्घरोगीले भने खान नहुने जनस्वास्थ्य कार्यालयमा प्रमुख पौडेलले जानकारी दिए । लामखुट्टेको टोकाईबाट हात्तिपाईले लाग्ने रोग हो । सबैलाई नडराएर औषधी खान कार्यालयले अनुरोध समेत गरेको छ । दाङमा यस बर्ष ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने योजना रहेको समेत उनको भनाई छ ।

पाँच सय बढि कर्मचारी खटिए

हात्तीपाइले विरुद्धको औषधी खुवाउनकालागि दाङमा पाँचसय बढि कर्मचारी खटाईएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिकामा १२०÷१२०, लमही नगरपालिकामा ५५, राप्ती गाउँपालिकामा ३०, गढवामा ३३, राजपुरमा ३५, शान्तिनगरमा २५, दंगीशरणमा ३५, बबईमा २५ र बंगलाचुलीमा ४० जना स्वास्थ्यकर्मी खटाईएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर