लमहीमा महोत्सव शुरु
मेगमन बुढा
तुलसीपुर, २४ माघ ।
घुम्न जाउ देउखुरी भन्ने मुल नाराको लमहीमा महोत्सव शुरुभएको छ । देउखुरीको पर्यटन प्रवद्र्धन,साथै कृषि व्यापारी क्षेत्रको विकास गर्न र पर्यटन वर्ष २०२० लाई सफल बनाउन मुख्य उद्देश्यले महोत्सव सञ्चलन गरिएको हो ।
महोत्सवको उद्घाटन प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले गरेका हुन् । उनले आफ्नो ५ वर्षको कार्यकाल पुरा भएपछि,जनता माझ गएर आफुले आफ्नो कार्यकालमा गरेको हरेक क्रियाकलापको हिसाबकिताब प्रस्त देखाउने बताएका छन् ।
उनले पहिलेका जनप्रतिनिधिहरु राजधानीमा मात्रै सीमित हुने गरेको भएपनि अहिले भने त्यो समस्या नरहेको बताए ।
उनले अब सम्पुर्ण निजी व्यावसायिककोलागि राज्यसंग अनुदानको लागि विशेष पहल गर्ने उनले बताए ।दाङ देउखुरी,लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलवासे, नेपाल चेम्बर अफ कमर्स केन्द्रीय सदस्य टंक प्रसाद पोख्रेल नेपाल , कम्युनिस्ट पार्टी नेकपा लमही नगर कमिटीका सचिव बसन्त कुमार शर्मा, नेपाली काग्रेसका प्रतिनिधि कर्ण बहादुर बुढाथोकी, राप्रपाका प्रतिनिधि गोरण बहादुर केसी, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी,सो नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी,देउखुरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लिलाराम खनाल,लमही खानेपानी सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष दण्डीराम चौधरी पत्रकार चुमा आचार्य, तुलसीपुर चेम्बर अफ कमर्सका टोपबहादुर घर्ती कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोख्रेल,घोराही चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महरा लगायतका वक्ताले महोत्सवको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी सो महोत्सवलाई सिसि क्यामेराको निगरानीमा राखिएको छ । महोत्सव फागुन ५ गतेसम्म चल्नेछ ।
महोत्सवमा २ सय ५० स्टल रहेका छन् । जसमा ३० वटा कृषिका छन् । स्थल भित्र बाल उत्थानका सामग्री,विभिन्न आकर्षक व्यापारी स्थलहरु रहेको महोत्सबको प्रत्यक दिन ख्याती प्राप्त स्थानिय तथा केन्द्रीय कलाकार हरुको बेजोड प्रस्तुती रहने मेला संचालक विनोद बुढाथोकीले जानकारी दिए । लमही चेम्बर अफ कमर्सका उपाध्यक्ष शितल भुसालको स्वागत मन्तव्यबाट उद्घाटन भएको महोत्सव कार्यक्रमको संचालन महोत्सवका प्रवक्ता तथा लमही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष किरण विक्रम शाहले गरेका थिए ।