टरिगाउँ एयरपोर्ट : ‘ब्राउजर आउदो दशैसम्म आउछ’
तुलसीपुर, २३ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमान स्थलमा आउदो दशैसम्म ब्राउजर आईपुग्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा बिहीबार भएको अन्तक्र्रिया कार्यक्रममा नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले दशैसम्म मात्रै अस्थायी ईन्धन डिपोकालागि ब्राउजर आई पुग्ने बताए ।‘ अहिले नै आईहाल्छ भन्ने होईन्, हामी यसको प्रक्रियामै छौं’ उनले भने‘ दशै भन्दा अगाडि ब्राउजर ल्याउन सकिदैन्, दशैसम्म भने आउछ ।’
यस अघि उक्त टरिगाउँ एयरपोर्टमा आउने भनेको ब्राउजर प्रदेश नं. २ को जनकपुरमा लगिएको समेत बताए ।
आयल निगम सरकारी मात्रै नभई व्यबसायीक भएकाले आम्दानीमा ध्यान दिने भएको भन्दै तुलसीपुर एयरपोर्टमा ल्याउनकालागि त्यसबाट आम्दानीमा पनि ध्यान दिने बताए । अहिले बिमानस्थललाई स्तोरन्नती गरेर धावन मार्गलाई १२ सय मिटर पु¥याउने गरि सरकारले प्रक्रिया अगाडि बढाएको भन्दै धावनमार्ग विस्तार भएमा ‘एटिआर ७२’ बिमान आउन सक्ने बताए । ७२ सिटे विमान आएमा टरिगाउँ एयरपोर्टमा अस्थायी मात्रै नभई स्थायी ईन्धन डिपो तथा मल्पिप्रपोज फ्यूल डिपोका रुपमा विकास गर्न सकिने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए ।
अहिले नेपाल एयरलाईन्सले दैीनक २ वटा उडान भरिरहेको भन्दै यसलाई सहज बनाउन अस्थायी ईन्धन डिपो अनिवार्य भएको बताए । साथै सरकारले अहिले १२ सय मिटर बनाउने तयारी थालेको र भबिष्यमा १५ सय मिटर बनाउने तयारी रहेको भन्दै यो विमान स्थाललाई प्रदेश नं. ५ र ६ को केन्द्रबन्न सक्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।
उनले उक्त एयरपोर्टलाई ‘फ्लाईङ् स्कुल’ को रुपमा समेत बिकास गर्न सकिने बताए । त्यस अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीलगायतको सहभागिता रहेको थियो ।