रुख काट्नेलाई छोडिदैन् : बिडारी
मेगमन बुढा
राजपुर, २२ माघ ।
गंगदी सव डिभिजन वन कार्यालयको आयोजनामा एक दिने सव डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी भएको छ । बुधबार राजपुर गाउँपालिका वडा नं. ६ गंगदीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय देउखुरीका डिभिजन अधिकृत प्रविन बीडारीले रुख काट्नेलाई कुनै पनि हालतमा नछोड्ने बताए ।
साहयक वन अधिकृत रामगोपाल चौधरीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि बिडारीले रुख काट्ने तस्कर,कर्मचारी या उपभोक्ता समुहका कार्यसमिति जो कोही भएपनि तस्करसंग मिल्ने र नियम विपरीत वन जंगलमा गएर रुख काटी तस्करी गर्नेलाई आफुले कुनैपनि हालतमा नछोड्ने बताए ।
कार्यक्रममा डिभिजन बिडारीले पछिल्लो समय सामुदायिक वन भित्र राजनीति गर्न खोजेको समेत बताए ।
राजपुर गाउँपालिकाको वडा नम्बर ६ र ७ अन्तरगत २१ वटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष,कोषाध्यक्ष,सचिवलाई आर्थिक वर्ष २०७७÷०७८ को वन संरक्षण कार्यहरु,वन विकासका,वन सम्बद्र्धन, भू तथा जलाधार संरक्षण,आयमुलक कार्यक्रम, संस्थागत विकास कार्यक्रम,तालिम गोष्ठी कार्यक्रम,सामुदायिक विकास सम्बन्धि कार्यक्रमको बिषयमा योजना,तर्जुमा बनाइ डिभिजन वन कार्यालय देउखुरीलाई समूहले प्रस्तावित वार्षिक कार्यक्रमको माग गर्ने सम्बन्धि र यस् कार्यक्रमलाई संचालन गर्न को लागि आवश्यक कार्यक्रममा परामर्श समेत दिइएको थियो । कार्यक्रमको सहजीकरण सव डिभिजन वन कार्यालयका फरेस्टर मोहन पुनले गरेका थिए ।