जन्मदिनमा नारायण भट्टराईद्वारा क्यान्सर पीडितलाई सहयोग
तुलसीपुर, १९ माघ ।
शिक्षक नारायण भट्टराईले आफ्नो जन्मदिनमा क्यान्सरपीडितलाई सहयोग गरेका छन् ।
ग्रेट अरणीको माबिका कार्यक्रम निर्देशक तथा शान्तिदिप स्कुलका सहायक प्रिन्सीपल भट्टराईले आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी क्यान्सर पीडित गोवर्दन वलीलाई पाँच हजार एकसय सहयोग गरेका हुन् ।
उपचारमा सहयोग होस्, भनी सहयोग गरेको उनले बताए । साथै पीडितको उपचारमा आर्थिक सहयोगकालागि प्रेरित गर्न पनि आफुले सहयोग गरेको बताए ।
क्यान्सर पीडित वलीको हाल काठमाडौंमा उपचार भईरहेको छ ।