गाउँपालिका अध्यक्षलाई ‘तरकारीको माला’

दीपक बोहरा

हापुरे, १ पुस ।

पिछडिएको समुदायको रुपमा रहेका वादी तथा गन्दर्भ समुदायलाई सरकारले जनता आवस मार्फत घर त निर्माण गरिदिएको छ । त्यसले उनीहरुको वासको ग्यारेन्टी त गरेको छ । तर अझै पनि गासको समस्या भने टरेको छैन् । अत्तिविपन्न वादी समुदायहरु अझै पनि गासको लागि कठीन संघर्ष गर्नुपर्ने अबस्था छ । आफ्नो पुर्खेउली पेशा समेत लोप हुने अबस्था भएपछि ति समुदायहरु गासको खोजीकालागि वैकल्पि उपायको अपनाउन थालेका छन् ।‘ हामीलाई राज्यले घर त बनाईदिएको छ, तर गरिखानकालागि सहज अबस्था भने छैन्’ बबई गाउँपालिका वडा नं. ७ की शारदा गन्दर्भले भनिन्‘ हाम्रो पुर्खेउली पेशा पनि लोप हुँदै गयो, त्यसैले हामीले गासको लागि आफै सक्रिय हुन थालेका छौं ।’ अहिले त्यस क्षेत्रका बिपन्न समुदायका परिवारहरुको समूह बनाएर तरकारी खेति शुरु गरेको बताईन् । १० जना बिपन्न समुदायका परिवारले दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेति गरेको उनले बताईन् । बार्षिक ३० हजार भाडा तिरेर लिएको उक्त जग्गालाई १० जना किसानले २÷२ कठ्ठा भाग लगाएर तरकारी खेति गरेको अर्का किसान बसन्ती गन्दर्भले बताईन् । उनका अनुसार उक्त जग्गाको भाडा दलित सेवा संघ दाङ र विकास कोष नर्वेको तिरिदिएको उनको भनाई छ । उक्त क्षेत्रमा लगाएको तरकारी खेतिले आफ्नो दैनिकी धान्न सहज भएको उनले बताईन् ।‘ यस अघि हाम्रो घरबास त थियो, तर दैनिकी जीवन चलाउनकालागि कुनै माध्याम थिएन’ उनले भनिन्‘ अहिले भने सहज भएको छ ।’ सोही तरकारी खेतिको अनुगमन गर्न मंगलबार त्यहाँ पुगेका बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहितको टोलीलाई तरकारीको माला समेत लगएका थिए ।‘ अहिले हामीहरु सोही जग्गामा तरकारी उत्पादन गरिरहेका छौं’ सोही समुही अध्यक्ष समेत रहेकी शारदा गन्भर्दले भनिन्‘ हामीले आफैले उत्पादन गरेको तरकारीको माला बनाएर हामीले गाउँपालिका अध्यक्षलाई स्वागत ग¥यौं ।’ अहिले टमाटर, प्याज, भान्टा, भिन्डि, काउली, धनिया, सागसब्जीलगायतको तरकारी खेति गरेको अर्का किसान टोपबहादुर पुनले बताए । बिपन्न परिवारहरु मिलेर तरकारी खेति गरेर अहिले दैनिकी चलाएको भएपनि उचित सिंचाई, आधुनिक कृषि औजार नहुँदा समस्या हुने गरेको उनले बताए ।‘ अहिले एउटा मोटर छ, त्यो पनि अर्काको हो, यसले हामीलाई पुग्दैन्’ उनले भने ‘ त्यसैले हामीलाई एउटा मोटर पनि चाहिएको छ ।’ अर्कोतर्फ आफुहरुलाई हाते ट्याक्टरलगायतका आधुनिक औजार चाहिएको उनले बताए । अहिले उनीहरुले आईपिएम प्रबिधिबाट तरकारी खेति गरिरहेका छन् । २०७५ सालदेखि आफुहरुले यसरी सामूहिक रुपमा तरकारी खेति शुरु गरेको पुनले बताए । ईन्द्रेणी कृषि समूह गठन गरि तरकारी खेति शुरु गरेको उनले बताए । त्यस अवसरमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले गाउँपालिकाका सबै वडामा कृषिको पकेट बनाउने तयारी गरेको बताए ।

पूर्वकम्लरीहरु पनि तरकारी खेतिमा

पूर्वकम्लरीहरु पनि आयआर्जनतर्फ लाग्ने गरेका छन् । अहिले पूर्वकम्लरीहरुले सामूह बनाएर तरकारी खेति गर्न थालेका छन् । दलित सेवा संघ दाङले उनीहरुलाई विउलगायत अन्य प्राबिधिक सहयोग गरेर एकजुट बनाएको कार्यक्रम संयोजक छबि परियारले बताए । अहिले बबई गाउँपालिका वडा नं. ७ भोडडजेडीका २० मुक्तकम्लरीहरुले सामूहिक तरकारी खेति गरेका हुन् । साथै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीका २० मुक्तकम्लरीहरु पनि समूह बनाएर तरकारी खेति गर्ने गरेका छन् । अहिले तरकारी खेति गरेर आफ्नो दैनिकी चलिरहेको पूर्वकम्लरी नरेशकुमारी चौधरीले बताईन् ।‘हामी सबै पूर्वकम्लरीहरु एक जुट भएर तरकारी खेति गर्ने गरेका छौं’ उनले भनिन्‘ यसले हामीलाई दैनिकी चलाउन सहज भएको छ ।’

अनुगमन

यसैबीच मंगलबार सरोकारवालाले अनुगमन समेत गरेका थिए । संघका कार्यक्रम संयोजक छबि परियार, सह–सचिब सन्तोष चनारा, गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज दहित, महिला शाखाका माया श्रेष्ठलगायतको टोलीले अनुगमन गरेको हो । त्यस अवसरमा विभेदमा पारिएका समुदायकोलागि जिविकोपार्जन सुधार परियोजना कार्यक्रम अन्तर्गत संघले विउ वितरण, जग्गा भाडा तथा अन्य प्राबिधिक सहयोग गर्दै आएको कार्यक्रम संयोजक छबि परियारले बताए । अहिले बिभिन्न बिपन्न समुदायका १७ कृषि समूह गठन गरेको र ति समूहलाई बिउ तथा अन्य प्राबिधिक सहयोग गर्ने गरेको उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर