विदेश गएका युवाहरुको पीडा ‘सुरक्षागार्ड भनेर शौचालय गार्डमा काम लगाए’

अञ्जना चौधरी

तुलसीपुर ३० मंसिर ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी प्रविण गिरी सामान्य परिवारका ब्यक्ति हुन् । उनी ‘प्लस टु’ पास पछि सिभिल ईञ्जिनियर पढेर उत्तीर्ण भए । तर उनले त्यो भन्दा माथिल्लो कक्षा पढ्न पाएनन् । किनकी उनका वुवाको मृगौला फेल भएपछि उनले घरमा पैसाको जोहो गर्नुप¥यो । किनकी घरमा पैसा थिएन् । गाउँ घरमा पनि गरिब भएकै कारण कसैले पनि सहयोग गर्ने अबस्था भएन् । त्यसपछि उनी नचहादा नचहादै उनी विदेशीनु पर्ने अबस्था आयो । तर उनले वुवाको उपचारकालागि जुन सोँच बनाएर विदेश गएका थिए, त्यसको विपरित भयो । उनलाई नेपालबाट पठाउँदा मासिक ५० हजार तलब हुन्छ, भनेर पठाए । तर जाँदा त शौचालयको गार्ड, त्यो पनि मासिक २० हजार मात्रै । जसले उनलाई पीडामाथि थप पीडा बनायो । उनले सोँचेजस्तो पैसा कमाउन सक्ने अबस्था थिएन् । घरको अबस्था नाजुक बन्दै गयो । अबस्था नाजुक बन्दै गएपछि उनकी श्रीमति पनि अर्कैसंग विहे गरेर गएपछि उनमा झनै पीडा भयो ।

उनी विदेशमा पाँच बर्ष विदेश बसेर जसोतसो वुवाको मिर्गौला त फेर्न सफल भए, तर निकै कष्ट भने ब्यहोर्नु परेको उनले दुखेसो पोखे ।

त्यस्तै तुलसीपुर ११ का पुरन चौधरी चार बर्ष विदेश बसेर फकिए । घरपरिवारको अवस्था राम्रो भएका चौधरी विएसी अध्ययन गर्ने क्रममा विदेश गए । ‘फ्रि भिसा, फ्रि टिकेट’ भनेर गएका उनी त्यहाँ गएपछि तीन महिनासम्म तलब पाएनन् । चार बर्षसम्म लुकेर काम गर्नु प¥यो । उनी प्रहरीको कुटाई सहित धेरै किसिमका समस्याबाट ग्रसित भए । संगैकाम गर्ने साथीलाई त्यहाँको प्रहरीले कुटपिट गर्दा मृत्यु भएको देखेपनि उनी पनि नेपाल फर्किए ।

त्यस्तै तुलसीपुरकी सावित्रा ढकाल एक सामाजिक संस्थामा आवद्ध छिन । उनको श्रीमान रोजगारको शिलशिलामा विदेश छन । श्रीमान विदेश आफु सामाजिक काममा हिड्ने बेला थुप्रै किसिमका आरोप लागेको बताउँछिन् । कसै संग बोल्यो या हिड्यो भने पनी ‘ल तेरो श्रीमती फलानो संग बोली ,उसंग हिडी भनेर श्रीमानलाई कुरा लगाई दिन्थे, मानसिक टर्चर हुन्थ्यो ।’

श्रीमान विदेश गएका श्रीमतीहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएको उनको भनाई छ । यी हुन्, तुलसीपुरमा भएको आप्रवासी कामदारहरुको अवस्था र चुनौतीमा बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा पीडितका सुनाएका समयाहरु । उनीहरु केही उदाहरण मात्रै हुन्, अहिले स्वरोजगार नहुँदा युवाहरुले यसरी नै बिदेशमा सास्ती खेप्नु परेको छ ।

अझै पनि बार्षिक पाँच लाख नेपालीहरु विदेश पलायन हुने गरेको तथ्यांक छ । दैनिक १२ सय जनाले रोजगारीको लागि श्रम स्विकृत लिने गरेका छन् । तुलसीपुरमा चालुआर्थिक बर्ष २०७६÷७७ को साउनदेखि मंसिर मसान्तसम्म श्रीमान अथवा श्रीमती बैदेशिक रोजगारमा गएको बेला बहुविवाह गरेको भनी १५ वटा मुद्धा दर्ता भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चक्रबहादुर डम्मरपाललले जानकारी दिए । जस मध्य ८ जना पक्राउ परेका छन भने ७ जना अझै वेपक्ता रहेका छन् । त्यसमध्य दुई जना पुरुषले आफ्नो श्रीमती विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेको जानकारी दिए ।

अझ भेरै यस्ता खालका केसहरु प्रभाव वा दवावमा पारेर घरमै मिलाउने गरेकाले यस्ता खालका घटना प्रहरी कहा कम आउने गरेको बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर