नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा घिमिरे

अध्यक्ष ४ मत र उपाध्यक्ष १ मतले बिजयी

तुलसीपुर, २८ मंसिर ।

नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । उनले ६२ मत प्राप्त गरेका थिए। भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा मणिराज आचार्यले ६० मत ल्याएर बिजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी ठाकुरप्रसाद ओलीले ५९ मत ल्याएका थिए ।

नेकपा र कांग्रेसनिकट कानून ब्यवसायीहरुको आधारिक प्यानलका उम्मेदवारलाई हराउँदै बिद्रोही प्यानलबाट अध्यक्ष र उपाध्यक्षबाट विजयी भएका हुन् । त्यस्तै सचिबमा भने नेकपा र कांग्रेसको आधिकारिक प्यानलका सञ्जय कुमार केसीले ७० मत ल्याएर बिजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नारायण प्रसाद डाँगीले ४९ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्षमा आधिकारिक प्यानलका ठाकुरप्रसाद गिरीले ६४ मत ल्याएर बिजयी हाँसिल गरेका छन्, भने उनका निकटम प्रतिद्वन्दी प्रेमबहादुर ओलीले ५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बेलबासेले ५६, नारायणप्रसाद रिजालले ५६, भरत न्यौपानेले ५६, निर्मलेधरी दाहालले ७५, निर्मला सुवेदीले ६७, ओमभक्ता डाँगीले ५८, अच्यूतराज न्यौपानेले ६० मत ल्याएर बिजयी भएका छन् ।

सदस्यहरुमा पराजित हुनेहरुमा निर्मल गौतम ५१, चुनकान चौधरी ३७ मत, धर्मराज वली ४१ मत, केशवकुमार शर्मा ४४ मत, बिनयकुमार मिश्र ५२ मत, बद्रिरत पन्त ५४ मत, दिपक थापा ५५ मत रहेका छन् ।

त्यस्तै केन्द्रीय पार्सदहरुमा निश्चल हमाल ६६ मत, लुमबहादुर कार्की ६० मत, नुमानन्द आचार्य ७३ मत, ललितबहादुर केसी ६५ मत, किरण पौडेल ६५ मत, अर्जुन कुमार अधिकारी ६६ मत, गोपाल गिरी ६२ मत रहेका छन् ।

त्यस्तै केन्द्रीय पार्सदमा पराजित हुनेहरुमा भागवत प्रसाद दाहाल ४५ मत, शान्तराज सुवेदी ५३ मत, सन्तराम चौधरी ४४ मत, कुलबहादुर डाँगी ५४ मत, मनिराम चौधरी ३० मत, बिष्णप्रसाद शर्मा ४० मत, बसन्तबहादुर केसी ४० मत रहेका छन् । सदस्यहरु र केन्द्रीय पार्सदमा मिश्रित परिणाम आएको छ । शनिबार भएको निर्वाचनमा एकसय २५ मतदाता मध्ये एकसय २० जनाले मतदान गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर