सार्बजनिक मालिका–कालिकाले बस सञ्चालन गर्ने

तुलसीपुर, २७ मंसिर ।

सार्बजनिक मालिका–कालिका यातायात प्रालिले डिलक्स बस सञ्चालन गर्ने भएको छ । अध्यक्ष दिलिप बिकका अनुसार काठमाडौं, धरान, सिम्ला, दिल्लीलगायतका स्थानमा डिलक्स बस सेवा सञ्चालन गर्ने तयारी रहेको बताए ।

अहिलेसम्म अटोरिक्सा सञ्चालन गर्दै आएको उक्त प्रालिले आगामी आईतबारदेखि सेवा शुरु गर्ने बताए । यात्रुहरुको माग अनुसार आफुहरुले सुविधासम्पन्न बस सेवा शुरु गरेको उनको भनाई छ । यसैबीच प्रालिले शुक्रबार एक कार्यक्रमकाबीच नयाँ पदाधिकारी र कर्मचारीहरुलाई स्वागत गरेको छ ।

जस अनुसार उपाध्यष नोख बहादुर पुन ‘नोखिराम’, ठूला गाडि सञ्चालन ईञ्चार्ज यसकुमार कुँवर, रुट ईञ्चार्ज जयबहादुर पुन तथा रुट दुर्घटना ईञ्चार्ज किसोर गौतमलाई स्वागत गरिएको हो । कार्यक्रमको सहजीकरण लेखा संयोजक छबि चौधरीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर