तुलसीपुरमा धुलो व्यबस्थापन गर्न सडक िबभागलाइ पत्र

तुलसीपुर २३ मंसिर ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले सडकमा धुलाम्मे भएको भन्दै त्यसलाई व्यबस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सहन्यायाधीबक्ता ईश्वरीप्रसाद बञ्जाडेले सोमबार सडक डिभिजन कार्यालय दाङसहित सम्बन्धित निकायलाई पत्र पठाएर आग्रह गरेका हुन् ।

तुलसीपुरको विपि चोकदेखि मदन आश्रित चोकसम्म सडकमा अत्याधिक धुलो भएकाले उक्त क्षेत्रमा पानी छर्किएर धुलो ब्यबस्थापन गर्न अनुरोध गरेका हुन् । नेपालको संबिधान २०७२ को धारा ३० मा व्यबस्था भएको स्वच्छ वातावरणको हक बमोजिम स्वच्छ वातावरणमा बाच्न पाउने सर्वसाधारणको हकमा प्रतिकूल असर पारि दैनिक जीवन कष्ठकर भएकाले त्यो क्षेत्रलाई व्यबस्थापन गर्न आग्रह गरेका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर