दंगीशरणगाउँपालिकाद्धारा एम्बुलेन्स सञ्चालनमा

दिप्तीशिखा चौधरी

दंगीशरण २७, मंसिर ।

दाङको दंगीशरण गाउँपालिकाले दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । २२ लाखको लागतमा खरिद गरिएका दुई वटा एम्बुलेन्सको सोमबारदेखि सञ्चालनमा ल्याईएको हो । ति एम्बुलेन्सलाई हेकुली स्वास्थ्य चौकिका प्रमूख टेक बहादुर खत्री र गोल्टाकुरी स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्ट प्रदिप योगीलाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष चौधरी ,उपाध्यक्ष पीमा कुमारी खड्का, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले हस्तान्तरण गरेका हुन् ।

दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित श्रीगाउँ स्वास्थ्य केन्द्रमा भने २०६७ सालदेखि एम्बुलेन्स संञ्चालनमा ल्याएको छ । गाउँका स्वास्थ्य संस्थाहरुमा एम्बुलेन्स सेवा संञ्चालनमा आएपछि विरामीलाई सहज भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर