चुनाबमा सक्रिय बन्दै विद्यार्थी
तुलसीपुर, २९ कात्तिक ।
दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुन गईरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवारलाई जिताउन बिद्यार्थी संगठनहरु सक्रिय बनेका छन् । नेकपाका उम्मेदवार बिमला ओलीलाई जिताउनकालागि नेकपा निकट बिद्यार्थीसंगठनहरु सक्रिय बनेका छन् । सोही अनुसार शुक्रबार पूर्व एमाले निकट अनेरास्वीयु निकट विद्यार्थी संगठनले शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित बिपी कोईराला नमूना माध्यामिक विद्यालयमा भेला गरेको छ । उक्त भेलाले चुनाब प्रचारकालागि सोही विद्यालयका विद्यार्थी जितबहादुर खत्रीलाई संयोजक र केशरी बोहरालाई सहसंयोजक बनाएको छ । त्यस अवसरमा नेकपा निकट विद्यार्थी नेता बिरबल खड्का, प्रकाश शर्मा, सबिन केसी, रबीन ओली, दिनेश रावतलगायतको सहभागिता थियो । त्यस अवसरमा खड्काले चुनाब जिताउन विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भन्दै दत्तचित्त भएर लाग्न दिर्नेशन समेत दिए ।