मधुमेह दिवसका दिन निःशुल्क जाँच

तुलसीपुर, २८ कात्तिक ।

विश्व मधुमेह दिवसका अवसरमा तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिले निःशुल्क मधुमेह जाँच गरेको छ । बिहीबार परेको दिवसका अवसरमा गरिएको गरिएको निःशुल्क जाँच सेवा एकसय ९९ जनाले लिएको हस्पिटलका प्रबक्ता जीवन भण्डारीले बताए । उनका अनुसार अस्पतालको सामाजिक दायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । उक्त परीक्षणका क्रममा २३ जनामा मधेमेहको लक्षण देखिएको थियो । पछिल्लो समम सुगरका विरामी बढेकाले पनि यसरी आफुले निःशुल्क स्वास्थ्य जाँच गरेको उनको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर