राजनीतिक भ्रम चिर्ण हाम्रो उम्मेदवारी ः नेमकिपा

तुलसीपुर, २३ कात्तिक ।

नेपाल मजदुर किसान पार्टीबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार सन्तोष परियारले राजनीतिक भ्रम चीर्ण आफुहरुले उम्मेदवार दिएको बताए । शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन आफुहरुले राजनीतिक र सैद्धान्तिक स्पस्ट पार्न आफुहरुले उम्मेदवारी दिएको बताए ।

उनले यो चुनाब जनताको चेतना नाप्ने चुनाब भएकाले पनि राजनीतिक प्रति अहिले देखिएको भ्रम चीर्ण आफुहरुले उम्मेदवारी दिएको बताए ।‘जीत, हार भनेको एउटा पाटो हो’ उनले भने‘ तर हामीले अहिले राजनीतिमा देखिएको भ्रम चीर्णकालागि उम्मेदवारी दिएका हौं ।’

अहिले कांग्रेसले पनि प्रतिपक्षको भूमिका सहज रुपमा निर्वाह नगरेको र सरकारले पनि सकारात्मक काम नगरेको भन्दै यसरी मुलुकको समृद्धि नहुने समेत उनको भनाई थियो । अहिले प्रतिपक्ष पनि सरकारी भागबन्डामा चल्ने गरेको समेत उनले आरोप बताए । उनले जनताको मन जितेर आफुहरुले बिजय हाँसिल गर्ने समेत बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर