काग्रेसको चुनावी प्रचार–प्रसार समिति गठन
तुलसीपुर, २२ कात्तिक ।
नेपाली कांग्रेसले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ कालागि चुनाब प्रचार–प्रसार समिति गठन गरेको छ । साथै नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ (ख) को आयोजनामा शुक्रबार श्रीगाँउमा पार्टीको चुनावी भेला गरेको छ । भेलाले प्रदेश सभासदस्यका उम्मेदवार केशव आचार्यलाई निर्वाचित गराउन ५ सय एक सदस्यीय प्रचार प्रसार मुल समिति गठन गरेको सचिब चुडामणी ढकालले जानकारी दिए ।
क्षेत्र नम्वर ३(ख)का सभापति खिमबहादुर वलीको संयोजकत्वमा क्षेत्र नम्वर ३ (ख) अन्तर्गत दंङगीशरण, बबई र शान्तिनगर गाँउपालिकाका, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १, २, १० र ११ नम्वर नेपाली काग्रेस ईकाई सभापति,वडा कमिटि, महासमिति,महाधिबेसन प्रतिनिधि, नेपाल तरुण दल, नेबिसंघ, महिला संघ,नेपाल प्रेस युनियन, शिक्षक, दलीत, महिला, अपाङ लगायत सम्पूर्ण भातृ तथा शुभेच्छुक संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी ५ सय १ सदस्यीय प्रचार प्रसार मुल समिति गठन गरीएको हो ।
त्यसअवसरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम पूर्ब मन्त्री दिपक गिरीले लोकतन्त्रबादी र कम्युनिष्ट बीचको प्रतिस्पर्धाको लागि यो चुनावलाई लिएको बताए ।
कार्यक्रममा नेपाली काग्रेसका नेता एबम प्रदेश सभासदस्य डिल्लीबहादुर चौधरीेले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारबाट निराश भएका नागरिकलाई काग्रेसको पक्षमा ल्याउनु पर्ने सुझाब दिए ।
सो अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार केशव आचार्यले चुनावी मैदानमा उत्रन आह्वान गरे ।