गुटबन्दीले पार्टीलाई कम्जोर बनाउने गरेको छ ः प्रचण्ड

तुलसीपुुर, २० कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले तुलसीपुरमा बुधबार आयोजना गरेको जिल्ला स्तरीय बैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले गुटबन्दीले पार्टीलाई कम्जोर बनाउदै लगेको भन्दै यसलाई अन्त्य गरिने बताए ।‘ हाम्रो दुश्मन हामी भित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएको छौं ’, उनले भने‘ त्यसैले हामीले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गर्न तर्फ हामी लाग्छौं ।’

गुटबन्धी रहित पार्टी निर्माण गर्नुका साथै सबै पार्टी सदस्यहरुलाई माक्र्सवादी बिचारमा प्रशिक्षण दिने र त्यही अनुसार पार्टी सदस्यहरु जिम्मेवार बने यो समस्या समाधान हुने बताए ।

यो कार्यमा केही चुनौति भएपनि यसरी अघि बढेमा कम्युनिष्टको भबिष्य सुरक्षित रहने समेत उनको भनाई थियो ।

साथै उनले पार्टीको सिद्धान्त समाजवाद उन्मुख जनताको जनवाद रहेको उनले बताए । अहिले पार्टीको सिद्धान्तका बिषयमा बिभिन्न टिकाटिप्पनी हुने गरेको भन्दै उनले एकताका क्रममा तत्कालिन एमालेको जनताको बहुदलिय जनवाद र तत्कालिन माओवादी केन्द्रको २१ औं सताब्दीको जनवादलाई समायोजन र परिमार्जन गरेर समाजवाद उन्मुख जनताको जनवाद बनाएको स्पस्ट पारे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर