बिमलाको चुनाबी खर्च वडाले ब्यहोर्ने

तुलसीपुर, १९ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ को उम्मेदवार बिमला ओलीको खर्च वडाले ब्यबहोर्ने भएको छ । नेकपा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० कमिटिले चुनाब प्रचारप्रसारका क्रममा वडाभित्र हुने खर्च सबै वडा कमिटिले ब्यहोर्ने भएको हो । मंगलबार कार्यक्रम गरि वडाध्यक्ष झग्गु चौधरी र सचिब यमराज केसीले यस्तो घोषणा गरेका हुन् ।

साथै अध्यक्ष चौधरीले चुनाब प्रचारप्रसारलाई समेत तिब्रता दिएको बताए । त्यस अवसरमा सांसद ओलीले उत्तर ओलीले देखेका सपना पूरा गर्ने प्रतिबद्धता जनाईन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर