दाङ यएर्पाेटको स्तर बृद्धि हुन्छ ः प्रभाकर

शरद रेग्मी

तुलसीपुर, ८ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तथा संगठन बिभाग उपप्रमुख जनार्दन शर्मा प्रभाकरले दाङ एयरपोर्ट स्टरबृद्धि अनिवार्य रहेको बताएका छन् ।

एयरपोर्टमा पत्रकारहरुसंग कुरा गर्दै पूर्व गृहमन्त्री शर्माले अहिले नियमित बिमान सञ्चालन भएको तर सीमित सिट भएका साना जहाज चल्ने भएकाले यसलाई बृद्धि गरि ठूला जहाज जहाज चल्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

यसमा आफुले केन्द्रमा पहल थाल्ने समेत बताए ।

उक्त एयरपोर्टलाई स्तरबृद्धि गर्न तीन तहको सरकारले पहल थाल्नु पर्ने बताए ।

अहिले स्थानीय सरकारले टर्मिनल भवन निर्माण गरेको र अब प्रदेश र संघीय सरकारले यसको धावनमार्ग बउद्धि गर्नुपर्ने समेत बताए ।

नेता शर्माले दाङ एयर्पाेटको बिस्तारका लागि आफुले पनि केन्द्रमा निरन्तर पहलगरिराखेको भन्दै बिभाग र मन्त्रालयलाई अस्थायी रुपमा हवाई ईन्धनका लागि

ब्राउजर मेसिन दाङ ल्याउनु पर्ने बताए ।

पछिल्लो समय दाङ एयर्पाेट सञ्चालन भए संगै सबैभन्दा बढि बिरामी ,अशक्त र आम सर्बसाधारणहरुलाई काठमाडौं जान र आउन सजिलो भएको स्थानीय जेष्ठ नागरिक

खुमानन्द अधिकारीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर