शिविरबाट दुईसय बढिले लिए सेवा

आशिष केसी

तुलसीपुर, ३ कात्तिक ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ श्रीगैंमा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय २१ जनाले सेवा लिएका छन् । चौतारी जलधारा टोल विकास संस्थाको आयोजना तथा पाल्पाली पोलिक्लिनिक प्रालि तुलसीपुरको सहयोगमा शिबिरको आयोजना गरिएको संस्थाका अध्यक्ष भद्र वलीले जानकारी दिए । शनिबार संस्थाको २० औं बार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको उनले बताए ।

त्यस अवसमा रगत परीक्षण, मधुमेह, मृगौला, थाईराईड, मुटु रोग, हाडजोर्नीलगायतको सेवा प्रदान गरिएको थियो । शिविरमा पाल्पाली पोलिक्लिनिकका प्रबन्धक सुरज ज्ञवाली, हाडजोर्नी विशेषज्ञ डा. सबल कुमार गैरे, डा. नसिम मक्रानी, अमित शाहलगायत उपचारमा खटिएका थिए ।

शिविरमा हाडजोर्नी, कलेजो सम्बन्धी, उच्च रतmचापलगायतका बिरामीहरु बढि देखिएका थिए ।

बिरामीको ल्याब परिक्षणको रिपोर्ट सोमबार आउने र त्यसपछी थप उपचार तथा परामर्श दिईने डा. सबल कुमार गैरेले जानकारी दिए ।

शिविरमा टोलविकास संस्थाबाट ७५ हजार र पाल्पाली पोलिक्लिनिक प्रालिबाट ७५ हजार गरी करिब एक लाख ५० हजÞार बराबरको औषधी बितरण गरिएको संस्थाका अध्यक्ष वलीले बताए । विशेषगरी टोल विकास संस्थामा रहेका बालबालिका, बृद्धबृद्धा तथा असहायहरुलाई लक्षित गरी टोलमै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको उनले बताए ।

गाउँमै बिशेषज्ञ डा. सहितको निः शुल्क स्वास्थ्य सुविधा पाउँदा आफूहरु निकै हर्षित भएको टोल बासीहरुले बताए । संस्थाका अध्यक्ष भद्र वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिब भण्डारीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर