प्रतिष्ठानबाट सुत्केरी भत्ता वितरण गर्न शुरु

तुलसीपुर, २ कात्तिक ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङले सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । प्रतिष्ठानले कात्तिक १ गतेदेखि भत्ता वितरण गर्न शुरु गरेको हो ।

सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी मत्ता रोकिएको थियो तर पछिल्लो पटक सरकारले बजेट निकासा गरेपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।

पहिलो दिन प्रतिष्ठानबाट सेवा लिएकी लमहीबाट निवासी प्रेक्षा न्यौपानेलाइ भत्ता वितरण गरिएको हो । प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी बिशेषज्ञ डा. सागर पन्थीले संयुक्त रुपमा सुत्केरी भत्ता वितरण गरेका हुन् । आमा र बच्चाको स्वास्थ्य सुधारकालागि सुत्केरी भत्ता दिन दिने गरिएको प्याकुरेलको भनाई छ ।

स्वास्थ्य मन्त्रालयबाट दुई करोड बजेट निकासा भएपछि एक हजार आठसय रुपैँया सुत्केरी भत्ता वितरण गर्ने गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर