सरकारको मूल्यांकन जनताले गर्छन् ः नेता ज्ञवाली
तुलसीपुर, २ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले सरकारको काम जनताले मूल्यांकन गर्ने बताउनुभयो । नेकपा बबई गाउँपालिकाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले विकास गर्ने मात्रै नभई जनतामाझ पनि लैजानुपर्ने बताउनुभयो ।‘विकासको मूल्यांकन जनताले गर्ने हो , त्यसैले सरकारले विकासकालागि मात्रै विकास होईन्, जनताले अनुभूति गर्ने गरि विकास गर्नुपर्छ’ उहाँले भन्नुभयो‘ त्यसैले हामीले गरेका विकास निर्माणका काम जनतामाझ लैजानुपर्छ ।’
बिगतमा जनता उर्लेपछि राजा फाल्न सफल भएको तथा जनताले नै कांग्रेसको सरकारबाट विकासको अनुभूति गर्न नसकेपछि अहिले कम्युनिष्टलाई सरकारमा पठाएको भन्दै यस्तो बेला जनताको भावना अनुसार काम गर्न नसकेमा फेरी जनताले बिकल्प खोज्न शुरु गर्ने समेत उहाँको भनाई थियो ।
मुलुकको राजनीतिक परिबर्तनकालागि ठूलो लडाई भएको भन्दै अबको लडाई मानिशको प्रबृति बदल्नकालागि आबश्यक रहेको समेत उहाँको भनाई थियो ।
राजनीतिक परिबर्तन भएपनि मान्छेको प्रबृति परिबर्तन गर्न नसक्दा मुलुकले फड्को मार्न नसकेको समेत बताउनुभयो । त्यसैले मुलुकलाई समाजवादमा पु¥याउन मानिशको प्रबृति बदल्ने क्रान्ति आबश्यक रहेको समेत बताउनुभयो ।
उहाँले नेपालको पानीलाई मात्रै पनि सदुपयोग गर्न सकेमा नेपाल बिश्वकै धनी देश बन्ने समेत उनको भनाई छ । अहिले माडीको पानी दाङ ल्याउने प्रक्रिया अघि बढेको भन्दै यसले साबिक राप्तीबासीलाई नै फाईदा पु¥याउने बताउनुभयो ।