तुलसीपुरका दुई प्रालिबीच एकता

तुलसीपुर
१ कात्तिक/ तुलसीपुरका दुई अटो रिक्सा प्रालिबीच एकता भएको छ । दाङ तुलसीपुरबाट सञ्चालित सार्बजनिक मालिका–कालिका यातायात प्रालि र छहरा यातायात प्रालिबीच एकता भएको हो ।

यस क्षेत्रका अटोरिक्सा यातायात प्रालिहरुबीच एक भएर ब्यबसायको हकतिहमा लड्नुपर्ने अबस्था रहेको भन्दै एकता गरिएको हो । यसैबीच एकता पछि भएको नयाँ कार्यसमितिलाई शुक्रबार पदभार ग्रहण गराईएको छ ।

सार्बजनिक मालिका–कालिका यातायात प्रालिका संस्थापक अध्यक्ष दिलिप बिकको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य देवराज बिश्वकर्माको प्रमुख आतिथ्य एवं ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्दकुमार पोख्रेलको शिष्टि आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा एकता पछिको प्रालिको अध्यक्ष चयन भएका गंगाराम ओली‘सञ्जय’, प्रबन्धक मोहन बिक, कार्यालय प्रमुख महेन्द्र महरा, लेखा प्रमुख छबिलाल चौधरी, प्रशासन प्रमुख बिनयकुमार शर्मा भट्टराई, सचिब मित्रलाल बिक, दुर्घटना ईञ्चार्ज सुदन बिक, फिल्ड ईञ्चार्ज चन्द्र ओली‘फौजी’, सहलेखापाल सम्झना थापा, कम्प्युटर अपरेटर पार्बति बोहरा, फिल्ड कर्मचारी सञ्चित बिक, प्रकाश विक, बिष्णुकुमार ओलीलाई पदभार ग्रहण गराईएको हो ।
Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर