सडकको पहिरो मर्मत नहुँदा यातायात असहज
तुलसीपुर, १ कात्तिक ।
दाङको तुलसीपुर–बाघमारे सडकखण्ड अन्तर्गत शान्तिनगर गाउँपालिका वडा नं. ४ मा पहिरोजाँदा यातायात सेवा असहज भएको छ । भदौ महिनाको अन्तिमतिरको बर्षादको समयमा पहिरो गएको थियो, तर त्यसलाई ममर्त गर्ने कार्य नहुँदा यातायात सेवा जोखिम बन्दै गएको छ ।
उक्त सडक समयमै मर्मत नभए ठूलो दुर्घटना हुन सक्ने प्रहरी चौकी चिराघाटका इञ्चार्ज भरतनाथ योगीले बताए ।
उक्त स्थानमा सडक निकै साँघुरो भएको समेत उनले बताए ।
त्यस स्थानमा सडक साँघुरो भएकै कारण गतबर्ष एक ब्यक्तिको खसेर मृत्यु समेत भएको थियो ।
उक्त सडक निर्माणकालागि प्रदेश नं. ५ का प्रबक्ता बैजनाथ चौधरीसंग कुरा भईरहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।