दाङसहित प्रदेशका सात जिल्लामा उपनिर्बाचन हुदै
३० असोज/ दाङसहित प्रदेश ५ का सात जिल्लाका ९ स्थानमा उपनिर्बाचन हुने भएको हो । प्रदेशका एक प्रदेशसभा सदस्य र थप ८ वडाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्बाचन हुने भएको हो ।
सरकारले गएको साउन १६ गते मंसिर १४ गते उपनिर्बाचन गर्ने निर्णय गरेको थियो । प्रदेश ५ को दाङको क्षेत्र नम्बर ३ को प्रदेश निर्बाचन क्षेत्र २ मा प्रदेशसभा सदस्यका लागि निर्बाचन हुने भएको छ । उक्त क्षेत्रका सांसद उत्तरकुमार वलीको गएको माघमा सवारी दुर्घटनामा परेर निधन भएको थियो ।
यस्तै दाङको घोराही १६ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्बाचन हुने भएको छ । वडाध्यक्ष लक्षिणप्रसाद बुढाको बिरामी भएर निधन भएपछि रिक्त रहेको पदमा उपनिर्बाचन हुने भएको हो ।यस्तै गुल्मीमा एक, अर्घाखाँचीमा एक, प्यूठानका ३, रोल्पामा एक, कपिलबस्तुमा एक, बाँकेमा पनि एक वडाध्यक्ष पदका लागि उपनिर्बाचन हुने भएको हो । मंसिर १४ गते निर्बाचन आगोगले देशका ५१ स्थानमा उपनिर्बाचनको तयारी गरीरहेको छ ।