तरुण कप शुरु
तुलसीपुर, २९ असोज ।
दाङको शान्तिनगर गाउँपालिकामा पहिलो पटक तरुण कप फूटवल प्रतियोगिता शुरु भएको छ । तरुण दल शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष बिमल खड्काको अध्यक्ष तथा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्य एवं सचिब शंकर डाँगीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि खड्काले खेल नै समृद्धिको आधार भएको बताए । पहिलो खेलमा शान्तिनगर स्थित बाघमारेको ‘ए’ र ‘बि’ टिमबीच खेल भएको थियो । जसमा ‘ए’ टिमले ५–० गोल अन्तरले ‘बि’ टिमलाई हराएको थियो । खेलकालागि शान्तिनगर, दंगीशरण र बबईका १६ टिमले सहभागिता जनाएका छन् । खेल नकआवटमा खेलाईने छ । खेल कात्तिक ३ गतेसम्म हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार नगदपुरस्कार,प्रमाणपत्र, मेडल र सम्मान प्रदान गरिने छ । त्यस्तै प्रतियोगितामा दृतिय हुने टिमलाई नगद १० हजार पुरस्कार, प्रमाणपत्र, मेडलर सम्मान प्रदान गरिने भएको छ ।
कार्यक्रमको सहजीकरण नेत्र बुढाले गरेका थिए ।