राष्ट्रपति भण्डारीको म्यानमार यात्रा शीतल निवासबाट हेलिकप्टर चढेर विमानस्थलसम्म

२९ असोज

राजकीय भ्रमणको लागि म्यान्मार जाने क्रममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट हेलिकप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म  गएकी छन् ।

बुधबार बिहान उनी शीतल निवासबाट हेलिकप्टर चढेर विमानस्थल पुगेकी हुन् । सडकमार्ग प्रयोग गरेर विमानस्थल पुग्दा कार्यालय समयमा सर्वसाधारणलाई सास्ती हुने भन्दै उनी हेलिकप्टर चढेरै विमानस्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति भ्रमणको लागि निस्कदा सडकमार्गको प्रयोग गर्दा सडक बन्द भएको भन्दै विभिन्न आलोचना  भएकाले यो पटक राष्ट्रपति भण्डारीले  शीतल निवासबाट विमानस्थल सम्म पुग्नको लागि हेलिकप्टर प्रयोग गरेकी हुन् ।

म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  भण्डारी म्यानमार गएकी हुन् । म्यानमार पुगेपछि राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्ने र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ ।  म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर